Kathmandu Press

४१७ मेगावाटको नलसिंङगाड आयोजना अघि बढाउन जापान सकारात्मक 

काठमाडौं, भदौ ४ : जापानले पीपीपी मोडलमा ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजना अघि बढाउन सकारात्मक भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचा....

४१७ मेगावाटको नलसिंङगाड आयोजना अघि बढाउन जापान सकारात्मक 

काठमाडौं, भदौ ४ : जापानले पीपीपी मोडलमा ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजना अघि बढाउन सकारात्मक भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भएको भेटमा जापान सकारात्मक देखिएको हो।

भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजना प्रादेशिक सन्तुलनका हिसावले पनि महत्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउन आग्रह गरेका थिए। 

मन्त्री पुनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागि उपयुक्त वातावरण बनेकोले जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसँग आग्रह समेत गरेका छन्।

भेटमा जापानी राजदूतले नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा  अध्ययन गरिरहेको जानकारी दिए। राजदूत साइगाले भारत र बंगलादेशँग सहमति भएको क्रस बोर्डर प्रशारण लाइनबारे समेत चासो राखेका थिए।

जवाफमा मन्त्री पुनले भारतसँग क्रस बोर्डर ट्रेडको विषयमा राम्रो वातावरण बनेको र गत वर्षमात्र ७ करोड र यो वर्ष २५ करोडको विजुली भारतमा निर्यात भएको जानकारी दिए।

बंगलादेशसँग पनि डेडिकेटेड लाइन र भारत हुँदै बंगलादेशसँग पनि विद्युत व्यापार गर्ने विषयमा सहमति भएको भन्दै उनले लगानीको लागी वातावरण बनाइदिन आग्रह गरेका हुन्। नलसिंङगाड परियोजना पिपिपी मोडलमा बनाउने गरी हाल जापानले अध्ययन गरिरहेको छ। 
 

प्रकाशित मिति: १७:५२ बजे, बुधबार, भदौ ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्