Kathmandu Press

 सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने

काठमाडौं, मंसिर ९ : सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ।सर्वोच्च अदालतका न्यायाधीशहरुको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर...
 सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने

काठमाडौं, मंसिर ९ : सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो।

Hardik ivf

संशोधित नियमावलीअनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताए।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्नेगरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो। संशोधित नियमावली राजपत्रमा पनि प्रकाशित भइसकेको छ।

प्रकाशित मिति: १५:४७ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्