Kathmandu Press

निधिले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी घोषणा

काठमाडाैं, मंसिर ९ : कांग्रेस उपसभापति विमलेन्द्र निधिले आगामी १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।उनले आज पत्रकार सम्मेलन गरी औपचारिक रुपमै उम्मेदवारी...
निधिले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी घोषणा

काठमाडाैं, मंसिर ९ : कांग्रेस उपसभापति विमलेन्द्र निधिले आगामी १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उनले आज पत्रकार सम्मेलन गरी औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेका हुन्। ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु,’ उनले भने।

परिवर्तित राजनीतिक प्रणालीको व्यावहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारे। उम्मेवारी घोषणाअघि सबै नेतासँग छलफल गरेको उनको  भनाइ थियो।

कांग्रेसमा पुस्तान्तरणका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पार्दै उनले भने, ‘सभापतिमा चयन हुन सके कांग्रेसलाई आगामी निर्वाचनमा बहुमतसहित विजयी गराउने योजना छ।’

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्