नेकपा स्थापनादेखि एमालेको दसौं महाधिवेशनसम्म (कहिले, कहाँ र काे?)
काठमाडाैं, मंसिर ९ : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन भोलि मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ।गत असोजमा विधान महाधिवेशन गरेको एमालेले यसपालि...
काठमाडाैं, मंसिर ९ : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन भोलि मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ।
गत असोजमा विधान महाधिवेशन गरेको एमालेले यसपालि त्यसैले पारित गरेकाे विधानबमाेजिम केन्द्रीय नेतृत्व चयन गर्दैछ।
२००६ साल वैशाख १० गते पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टीले एमालेका रूपमा दसौं महाधिवेशनसम्म आइपुग्दा झन्डै ७५ वर्षको यात्रा तय गरिसकेको छ।
यो पार्टीका अहिलेसम्मका महाधिवेशन र तिनले चुनेका नेतृत्वलाई यसरी हेर्न सकिन्छः
नेकपा स्थापना– २००६ वैशाख १० गते
संस्थापक नेता– पुष्पलाल
पहिलो महाधिवेशन
२०१० माघ १०–२० गते
पाटन, ललितपुर र काठमाडौंँ
महामन्त्री– मनमोहन अधिकारी
दोस्रो महाधिवेशन
२०१४ जेठ १५–२५ गते
दरबारमार्गस्थित फोहरादरबार, काठमाडौं
महासचिव– डा. केशरजंग रायमाझी
तेस्रो महाधिवेशन
२०१९ वैशाख ४–१५
महासचिव– तुल्सीलाल अमात्य
चौथो महाधिवेशन
२०४६ भदौ ९–१४ गतेसम्म, सिरहाको
विष्णुपुरकट्टी, सर्रे अम्बास
नेकपा (एमाले) को आयोजना
महासचिव– मदनकुमार भण्डारी
पाँचौं महाधिवेशन
२०४९ माघ १४–२० गते
दशरथ रंगशाला–कमलादी, काठमाडौं
मूल नारा– ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं’
अध्यक्ष– मनमोहन अधिकारी, महासचिव– मदनकुमार भण्डारी
छैटौं महाधिवेशन
२०५४ माघ १२ – १८ गते, नेपालगञ्ज, बाँके
मूलनारा– ‘विकृति र विसङ्गतिका विरुद्ध सङघर्ष गरौं, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौं’
अध्यक्ष– मनमोहन अधिकारी, महासचिव–माधवकुमार नेपाल
सातौं महाधिवेशन
२०५९ माघ १८–२२ गते, जनकपुर, धनुषा
मूल नारा– ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास’
महासचिव– माधवकुमार नेपाल
आठौं महाधिवेशन
२०६५ फागुृन ५–१४, बुटवल, रुपन्देही
मूल नारा– ‘‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौँ महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान’
अध्यक्ष – झलनाथ खनाल, महासचिव– ईश्वर पोखरेल
नवौंं महाधिवेशन
विसं २०७१ असार १९ – साउन १ गते, भृकुटीमण्डप, काठमाडौंँ
मूल नारा– ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौंं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं’
अध्यक्ष– केपी शर्मा ओली, महासचिव– ईश्वर पोखरेल
प्रथम विधान महाधिवेशन
विसं २०७८ असोज १५–१७, गोदावरी, ललितपुर
नीति, सङ्गठन र विधानसम्बन्धी दस्तावेज पारित
मूल नारा– ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’
दसौं महाधिवेशन
२०७८ मङ्सिर १०–१२ गते, नारायणगढ र सौरहा, चितवन
मूल नारा– ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’











