Kathmandu Press

एमाले महाधिवेशनमा भाजपाका नेताद्वय हर्षवर्द्धन र हरिश द्विवेदी सहभागी हुने

काठमाडौं, मंसिर ९ : यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेको दसौं राष्ट्रिय महाधिवेशन हुँदैछ। सो महाधिवेशनको शुक्रबार (मंसिर १० गते) हुने उद्घाटन सत्रमा...
एमाले महाधिवेशनमा भाजपाका नेताद्वय हर्षवर्द्धन र हरिश द्विवेदी सहभागी हुने

काठमाडौं, मंसिर ९ : यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेको दसौं राष्ट्रिय महाधिवेशन हुँदैछ। 

सो महाधिवेशनको शुक्रबार (मंसिर १० गते) हुने उद्घाटन सत्रमा विभिन्न देशका दलहरूलाई पनि निमन्त्रण गरिएको छ।

निमन्त्रणा गरिएका पार्टीहरूले सहभागिता जनाउने खबर आइरहेको जनाइएको छ। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) दुई नेताले अतिथिका रूपमा सहभागी हुने भएका छन्।

एमाले अध्यक्ष केपी ओलीको निमन्त्रणामा भाजपाका तर्फबाट पूर्वकेन्द्रीय मन्त्री डा. हर्षवर्द्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्विवेदी कार्यक्रममा सहभागी हुने बताइएको छ।

प्रकाशित मिति: १३:१७ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्