Kathmandu Press

राजेन्द्र लिङ्देनकाे पक्षमा अभिनेत्री रेखा थापा

काठमाडौं, मंसिर ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन यही मंसिर १५ देखि १७ गतेसम्म हुँदैछ। उक्त महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले...
राजेन्द्र लिङ्देनकाे पक्षमा अभिनेत्री रेखा थापा

काठमाडौं, मंसिर ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन यही मंसिर १५ देखि १७ गतेसम्म हुँदैछ। उक्त महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले आज अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। 

नेपालगन्लज उपमहानगरपालिकाका मेयरसमेत रहेका धवल शमशहेर राणाको समर्थनमा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेकबा लिङ्देनलाई चर्चित अभिनेत्री रेखा थापाले पनि साथ दिएकी छन्।  

लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा अभिनेत्री थापाको पनि उपस्थिगति थियो। उनी राप्रपा केन्द्रीय सदस्य पनि हुन्। उनी २०७३ सालमा राप्रपामा प्रवेश गरेकी हुन्।

अभिनेत्री थापाले पार्टीमा युवा पुस्ताको नेतृत्व आउनुपर्ने भएकाले आफूले लिङ्देनलाई साथ दिएको स्पष्ट पारिन्। राप्रपामा जानुअघि उनी माओवादी केन्द्रनिकट भनेर चर्चा चल्ने गर्थ्यो।

प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्