Kathmandu Press

फ्रान्समा डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

पेरिस, मंसिर ९ : उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ।फ्रान्सको...
फ्रान्समा डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

पेरिस, मंसिर ९ : उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ।

फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिएका छन्। उनले उक्त डुंगामा सवार व्यक्ति संयुक्त अधिराज्यतर्फ जान लागेको र डुंगा डुब्दा उनीहरुको ज्यान गएको बताए। 

स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ ओटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको छ। यो दुर्घटनालाई एकै स्थानमा भएको ठूलो दुर्घटनाका रुपमा लिइएको छ। 

प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्