Kathmandu Press

राजेन्द्र लिङ्देनले गरे राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले...
राजेन्द्र लिङ्देनले गरे राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। नेपालगन्ज उपमहानगरपालिकाका मेयर रहेका राप्रपा नेता धवलशम्शेर राणाले उनलाई समर्थन गरेका छन्।

अध्यक्षहरू कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै उनले पार्टीको परम्परागत गुट अन्त्य गर्नुपर्नेमा जोड दिए।

पार्टीको अध्यक्ष बन्न सके कांग्रेस–कम्युनिस्टले गर्न नसकेको काम गरेर देशलाई समृद्ध बनाउने उनको भनाइ थियो।

सोही कार्यक्रममा आफ्नो धारणा राख्दै नेता राणाले पार्टीमा नयाँ अनुहारआउनुपर्ने नत्र पार्टी सिद्धिने बाटोतिर लाग्ने बताए।

प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्