Kathmandu Press

सुनको मूल्य १०० रूपैयाँ घट्यो

चितवन, मंसिर ९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ। पहेँलो धातु...
सुनको मूल्य १०० रूपैयाँ घट्यो

चितवन, मंसिर ९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार २०० तोकिएको छ। यसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ३०० थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २३० पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, मंसिर ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्