Kathmandu Press

सात सचिवमध्ये कमसेकम चारवटामा नयाँ पुस्ता ल्याउनुपर्छ : महेश बस्नेत

भरतपुर, मंसिर ९ : एमाले नेता महेश बस्नेतले सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्नेमा जोड दिएका छन्।आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग...
सात सचिवमध्ये कमसेकम चारवटामा नयाँ पुस्ता ल्याउनुपर्छ : महेश बस्नेत

भरतपुर, मंसिर ९ : एमाले नेता महेश बस्नेतले सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्नेमा जोड दिएका छन्।

आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बस्नेतले सहमति वा निर्वाचन जसरी नेतृत्व निर्माण गरिए पनि सचिव पदमा कम्तीमा ५० प्रतिशत युवा पुस्ता आउनुपर्ने बताएका हुन्।

केही दिन अघि मात्र सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका बस्नेतले पार्टी पदाधिकारीका लागि प्रवेशद्वारा सचिव पद नै भएको स्पष्ट पारे। त्यो प्रवेशद्वारा बन्द गरे सहमति हुन नसक्ने उनले बताए।

‘सचिव पदमा सहमतिका आधारमा पनि सातजनामा कमसेकम चारवटामा नयाँ पुस्तालाई ल्याउनुपर्छ। होइन भने हाम्रो पार्टी त पुरातन विचार राख्ने बुढाखाडाहरूको गफ गर्ने चौतारी मात्र बन्छ।’

प्रकाशित मिति: १२:०६ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्