Kathmandu Press

यामाहाले सवा चार लाखको ‘एमटी १५’ सार्वजानिक गर्दै

काठमाडौं, भदौं ४ : यामाहाले नाडा अटो शोलाई लक्षित गरेर ‘एमटी १५’  मोटरसाइकल सार्वजानिक गर्न लागेको छ।

एमएडब्लू इन्टरप्राइजे....

यामाहाले सवा चार लाखको ‘एमटी १५’ सार्वजानिक गर्दै

काठमाडौं, भदौं ४ : यामाहाले नाडा अटो शोलाई लक्षित गरेर ‘एमटी १५’  मोटरसाइकल सार्वजानिक गर्न लागेको छ।

एमएडब्लू इन्टरप्राइजेजले नाडा अटो शोमार्फत यामाहा एमटी १५ मोटरसाइकल नेपाली बजारमा ल्याउन लागेको जनाएको छ। नयाँ एमटी–१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको कम्पनीले जनाएको छ।

यामाहा  एमटीमा ‘ए एन्ड एस क्लच’ छ। जसले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ। एमटी–१५ मा सिंगल च्यानल एबीएस रहेको छ।

त्यस्तै, आर–१५ भी–३ कै इन्जिन यसमा राखिएको छ। जसले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ।

यो खालको बाइकहरु डार्क ब्ल्याक र ब्लू कलरमा रहेको कम्पनीले जनाएको छ। यसकोे मूल्य चार लाख २५ हजार रुपैयाँ रहेको छ।

 

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, भदौ ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्