सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै
काठमाडौं, मंसिर ९ : सर्वोच्च अदालतको आज पूर्ण बैठक बस्न लागेको छ।गोलाप्रथा प्रक्रियाबाट पेसी तोक्ने विषयमा निर्णय गर्न पूर्ण बैठक बस्न लागेको हो।...
काठमाडौं, मंसिर ९ : सर्वोच्च अदालतको आज पूर्ण बैठक बस्न लागेको छ।
गोलाप्रथा प्रक्रियाबाट पेसी तोक्ने विषयमा निर्णय गर्न पूर्ण बैठक बस्न लागेको हो। यसअघिको पूर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको थियो। आजको बैठकले कहिलेदेखि गोलाप्रथाबाट पेसी तोक्ने भन्ने निर्णय गर्नेछ।
अहिलेसम्म प्रधानन्यायाधीशले नै पेसी तोक्ने गरेका थिए। अब गोलाप्रथाबाट सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारले पेसी तोक्नेछन्।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै न्यायाधीश पनि विरोधमा उत्रिएका थिए। गोलाप्रथा प्रक्रिया सुरु हुने भएपछि उनीहरु इजलासमा फर्किएका छन्।
कानून व्यवसायीले भने प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन्। नेपाल बार एसोसिएसनको आह्वानमा कानून व्यवसायीको आन्दोलन देशव्यापी बनाइएको छ।
प्रकाशित मिति: ०८:४१ बजे, बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











