दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेताका परिवारलाई नौ लाख क्षतिपूर्ति
तनहुँ, मंसिर ९ : बसको ठक्करबाट मृत्यु भएका गोरखाको पालुङटारका अखिल क्रान्तिकारीका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ।यातायात...
तनहुँ, मंसिर ९ : बसको ठक्करबाट मृत्यु भएका गोरखाको पालुङटारका अखिल क्रान्तिकारीका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ।
यातायात व्यवसायी, पीडित पक्ष र पीडकपक्षबीच भएको त्रिपक्षीय वार्ताले मृतकका परिवारलाई क्षतिपूर्तिबापत नौ लाख प्रदान गर्ने सहमतिपछि आफन्तजनले शव बुझेका हुन्।
मृतकका आफन्तजनले उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने चेतावनीसहित पृथ्वीराजमार्ग अवरुद्ध गरेपछि सहमति भएको छ। मृतकका परिवारलाई दुर्घटना बीमाबापत पाँच लाख र चालकको लापरबाहीका कारण मृत्यु भएकाले चालकका तर्फबाट चार लाख गरी कूल नौ लाख क्षतिपूर्ति दिने सहमति भएको हो।
मङ्गलबार डुम्रे बेँसीशहर सडकखण्डमा पर्ने तनहुँको भानु नगरपालिका–१ भन्सारमा बसको ठक्करबाट स्कुटर चालक २४ वर्षीय सुवर्ण देवकोटाको घटनास्थलमै मृत्यु भएको थियो। बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको बसका चालकको लापरबाहीका कारण सोही दिशामा गुडिरहेको बा ४५ प २३८ नम्बरको स्कुटर चालक सुवर्णको मृत्यु भएको प्रहरीले जनाएको छ।
सहमति पछि बुधबार साँझ आफन्तजनले शव बुझेर दाहसंस्कारका लागि पालुङटारलगेका छन्। (रासस)











