कैलालीका चार क्षेत्रमा देउवा पक्षका उम्मेद्वार बिजयी, प्रतिनिधिमा पनि देउवाकै वर्चस्व
काठमाडौं, मंसिर ८ : कैलालीका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ ।निर्वाचन समितिका अनुसार निर्वाचन क्षेत्र...
काठमाडौं, मंसिर ८ : कैलालीका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ ।
निर्वाचन समितिका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा निवर्तमान सभापति भुवन अधिकारीलाई पराजित गर्दै सचिव प्रकाश शाह सभापतिमा विजयी भएका छन् ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा निवर्तमान सभापति रामबहादुर बिष्टलाई पराजित गर्दै लम्कीचुहा नगरपालिका–२ का निर्वाचित वडाध्यक्ष विष्णु ढकाल सभापतिमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर ३ मा गोकेन्द्र भण्डारीलाई पराजित गर्दै रीता चौधरी सभापतिमा निर्वाचित भएकी छन् । क्षेत्र नम्बर ४ मा बसन्त रोकाया (ललित) प्यानलसहित सभापतिमा विजयी भएका छन् ।
निवर्तमान सभापति दिनेशराज जोशीलाई पराजित गर्दै रोकाया सभापति निर्वाचित भएका छन् । क्षेत्रीय सभापतिमा निर्वाचित सबै सभापति शेरबहादुर देउवा पक्षका हुन् । यी ४ क्षेत्रमा महाधिवेशन प्रतिनिधिमिा निर्वाचित भएकाहरु पनि अधिकांश देउवा पक्षकै रहेका छन् ।
क्षेत्र नम्बर ५ मा भने नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ अबेर मतदान सकिएको छ ।











