Kathmandu Press

उपत्यकासहित देशभरको वायु प्रदूषण पुनः बढ्यो

काठमाडौं, मंसिर ८  : काठमाडौं सहित देशभरको वायु प्रदूषण पुनः बढेको छ ।घाम लागेसँगै केही दिन वायु प्रदूषण घटेको भए पनि अहिले देशका...
उपत्यकासहित देशभरको वायु प्रदूषण पुनः बढ्यो

काठमाडौं, मंसिर ८  : काठमाडौं सहित देशभरको वायु प्रदूषण पुनः बढेको छ ।

घाम लागेसँगै केही दिन वायु प्रदूषण घटेको भए पनि अहिले देशका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले प्रदूषण बढेको देखाएका हुन् । आज काठमाडौंको रत्नपार्कमा रहेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कअनुसार काठमाडौंमा हावाको प्रदूषण मापन सूचक एक्यूआई एक सय ६० नाघेको छ ।

एक्यूआई एक सय नाघेपछि त्यहाँ मानिसका लागि अस्वस्थ वातावरण भएको मान्ने गरिन्छ । यस्तै, अहिले तराई क्षेत्रको प्रदूषण झनै बढेको छ । सिमरा र विराटनगरका केन्द्रहरूले एक्यूआई दुई सय नाघेको देखाइरहेका छन् ।

एक्यूआई दुई सय नाघ्नु अति जोखिमपूर्ण घातक अवस्था मानिन्छ । यति बेला काठमाण्डौ विश्वका प्रदूषित हावा भएको सहरहरूको सूचीमा चौथो नम्बरमा रहेको छ । 

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्