Kathmandu Press

सुर्खेतका दुवै क्षेत्रमा देउवा पक्ष हावी

काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत सुर्खेतमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रका दुवै क्षेत्रमा संस्थापन पक्षले जितेको छ ।क्षेत्र नम्बर १ मा...
सुर्खेतका दुवै क्षेत्रमा देउवा पक्ष हावी

काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत सुर्खेतमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रका दुवै क्षेत्रमा संस्थापन पक्षले जितेको छ ।

क्षेत्र नम्बर १ मा भएको निर्वाचनमा सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगी विजयी भए । सचिवमा संस्थापन समूहका मोहन राना र पदमबहादुर खत्री विजयी भए ।

सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी र यामलाल पङ्गाली विजयी भए । यस्तै महाधिवेशन प्रतिनिधिमा महामन्त्री पूर्णबहादुर खड्कासँगै उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, लक्ष्मीदत्त पौडेल, हरिप्रसाद शर्मा, हीरामणि सुनार, अमृता शाही, खगीसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी बैगार, उदे कामी लगायत विजयी भए ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ को अधिवेशनमा पनि पार्टी सभापति शेरबहादुर देउवा पक्षको प्यानलले नै वर्चस्व जमाएको छ । क्षेत्रीय सभापतिका लागि भएको मतदानमा देउवा पक्षका इन्द्रबहादुर रावल विजयी भएका छन् । 

सचिवमा दिलीपकुमार वाग्ले र बदबहादुर विष्ट विजयी भए । सहसचिवमा गगनबहादुर नेपाली र शेरबहादुर अधिकारी विजयी भए । 
यस्तै प्रत्यक्षतर्फ सदस्यमा काले कामी, चक्रबहादुर सिंह, देवबहादुर थापा, महिला सदस्य वसन्तीकुमार बस्नेत, खस आर्य पुरुषतर्फ छत्रबहादुर बडुवाल, सुशील भट्टराई, महिलातर्फ सीता पौडेल, जनजाति सदस्यमा सुनिता गुरुङ, दलित सदस्यमा नयनसिंह विक र भद्राकुमारी मिजार मत ल्याएर विजयी भए । 

त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्रबहादुर थापा, कलमबहादुर खड्का कालीप्रसाद शाक्य, टोपबहादुर रावत, तीर्थजङ्ग शाही, नारायणप्रसाद सापकोटा, निरञ्जन केशी, यज्ञबहादुर बुढाक्षेत्री, विष्णुबहादुर खड्का र श्यामकुमार भारती विजयी भए । थापा पञ्चपुरी नगरपालिकाका मेयर र बुढाक्षेत्री पूर्वमन्त्री छन् ।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि महिलातर्फ जानकी सिंह, धनादेवी विष्ट मुक्तिदेवी पुरी, रुक्मिणी रेग्मी, खसआर्य पुरुषतर्फ डिल्लीराम पाठक, देवकुमार सुवेदी, विवेक आचार्य, महिलातर्फ जयमाला योगी, हजुरा शाही, आदवासी जनजाति पुरुषतर्फ पूर्णबहादुर राना, आदिवासी महिलातर्फ अमृता पुलामी मगर, दलितमा लोकबहादुर विश्वकर्मा, शान्ति पहाडी र मुस्लिममा सतार बक्स विजयी भएका छन् ।

यसअघि भएको प्रदेशसभा निर्वाचन, गाउँ रनगर तथा वडा अधिवेशनमा पनि संस्थापन पक्षले जितेको छ । 

प्रकाशित मिति: १८:०३ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्