Kathmandu Press

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडाैं, मंसिर ८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक...
झिनो अङ्कले बढ्यो नेप्से

काठमाडाैं, मंसिर ८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई हजार ७३५ अङ्कमा पुगेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अङ्कले ओरालो लागेर ५१५.१९ मा सीमित भएको छ। नेप्से परिसूचक झिनो अङ्कले बढे पनि कारोबार रकम सस्तोमा सीमित भएको छ। कूल २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ७.११, व्यापार ३८.८३ र जीवन बीमा ५८.३ अङ्कले घटेको छ।

होटल तथा पर्यटन २.०८, विकास बैंक ४०.६८, जलविद्युत् २३.४३, वित्त ३३.०४, निर्जीवन बीमा ३६.२२, उत्पादन २६.२२, अन्य ५.४, लघुवित्त २.९५, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.५५ अङ्कले बढेको छ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु. २६ करोड १५ लाख ५६ हजार ८३४ बराबरको कारोबार भयो । यस्तै, आइसिएफसी फाइनान्स रु १८ करोड ६७ लाख ५४ हजार ३३३, अपि पावर कम्पनी रु १७ करोड छ लाख ३० हजार ८७६, नेसनल हाइड्रोपावर रु १४ करोड दुई लाख ३६ हजार ५४७ र आइएमई जनरल इन्स्योरेन्स रु १२ करोड ८३ लाख १५ हजार ९९० बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए।

नेप्सेका अनुसार मैलुङ्खोला जलविद्युत् कम्पनी ९.४७, कर्णाली डेभलपमेन्ट बैंक ६.६५, पञ्चकन्या माई हाइड्रोपावर ६, जोशी हाइड्रोपावर ४.८५ र साना किसान विकास बैंकका लगानीकर्ताले ३।९८ प्रतिशतले कमाए।

त्यस्तै, गुर्खाज फाइनान्स २।५५, उन्नति सहकार्य लघुवित्त २.२३, तेह्रथुम पावर कम्पनी २.२१, एनआइसि एशिया लघुवित्त २.१३ र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १.९९ प्रतिशतले गुमाए। आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३८ अर्ब ५२ करोड ८७ लाख ७० हजार ५१० बराबर भएको छ। 

प्रकाशित मिति: १७:५८ बजे, बुधबार, मंसिर ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्