Kathmandu Press

भारतमा दैनिक थप नौ हजार नयाँ संक्रमित

नयाँदिल्ली, मङ्सिर ८ : भारतमा कोरोना भाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन्।सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३...
भारतमा दैनिक थप नौ हजार नयाँ संक्रमित

नयाँदिल्ली, मङ्सिर ८ : भारतमा कोरोना भाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन्।

सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना सङ्क्रमित अवस्थामै रहेका छन्।  यो सङ्ख्या ५३७ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयको भनाइ छ। 

भारतमा कोरोनाका कारण पछिल्लो एक दिनमा ४३७ जनाको मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या चार लाख ६६ हजार ५८४ पुगेको छ। सोही अवधिमा १० हजार ९४९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कम हुदै गएको हो। 

प्रकाशित मिति: १७:२७ बजे, बुधबार, मंसिर ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्