Kathmandu Press

बेलायतमा मंगलबार ४२ हजार ४८४ सङ्क्रमित

लन्डन, मंसिर ८ : बेलायतमा मंगलबार एकै दिनमा ४२ हजार ४८४ सङ्क्रमित भएका छन्।यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार यहाँ अहिले  पनि दैनिक कम्तीमा  ४० हजार जनामा...
बेलायतमा मंगलबार ४२ हजार ४८४ सङ्क्रमित

लन्डन, मंसिर ८ : बेलायतमा मंगलबार एकै दिनमा ४२ हजार ४८४ सङ्क्रमित भएका छन्।

यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार यहाँ अहिले  पनि दैनिक कम्तीमा  ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने गरेको छ।

Hardik ivf

यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या करिब ९९ लाख ३२ हजार ४०८ पुगेको छ। बेलायतमा मंगलबार मात्र १६५ सङ्क्रमणबाट मृत्यु भएको छ।

योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार १३७ जनाको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन्।

यहाँका १६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ।

पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीले बताएका छन्। सरकारी प्रयासका बाबजुत यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्