Kathmandu Press

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ११० देशलाई निमन्त्रणा

वासिङ्टन, मङ्सिर ८ : अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन्।भर्चुअल माध्यमबाट हुने...
अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ११० देशलाई निमन्त्रणा

वासिङ्टन, मङ्सिर ८ : अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन्।

भर्चुअल माध्यमबाट हुने सम्मेलनमा १ सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ।  

लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका हुन्। 

सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो। सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरुको सूचीमा छैन। बाइडेनले प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुत बनाउन सम्मेलनको आयोजना गरेको बताउने गरेका छन्।

प्रकाशित मिति: १७:१० बजे, बुधबार, मंसिर ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्