स्विडेनमा पहिलोपटक महिला प्रधानमन्त्री निर्वाचित
स्टकहोम, मंसिर ८ : स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्।स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला...
स्टकहोम, मंसिर ८ : स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्।
स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। निवर्तमान अर्थमन्त्रीसमेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुन्।
संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए। उनको भन्दा धेरै मत उहाँको विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित भएकी हुन्।
नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए। मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १७:०६ बजे, बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











