Kathmandu Press

थपिए ३३२ संक्रमित, निको हुने २३२ जना, ४ को मृत्यु

काठमाडौं, मंसिर ८ : पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण...
थपिए ३३२ संक्रमित, निको हुने २३२ जना, ४ को मृत्यु

काठमाडौं, मंसिर ८ : पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  ।

७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन्।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेकाे छ।

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्