Kathmandu Press

कोभिडबाट मृत्यु हुनेका परिवारलाई लगानी कोषले दियाे १ करोड ६८ लाख

नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख भुक्तानी गरेको छ।कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका...
कोभिडबाट मृत्यु हुनेका परिवारलाई लगानी कोषले दियाे १ करोड ६८ लाख

नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख भुक्तानी गरेको छ।

कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई  राहत पुर्‍याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो।

सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ। कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो।

कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज २ लाख रुपैयाँको चेक हस्तारण गरेका थिए। 

प्रकाशित मिति: १६:१५ बजे, बुधबार, मंसिर ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्