Kathmandu Press

एकीकृत समाजवादीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष नेपाल

जनकपुर, मंसिर ८ :  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताएका छन्। धनुषाको...
एकीकृत समाजवादीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष नेपाल

जनकपुर, मंसिर ८ :  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताएका छन्। 

धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झन्डालाई बुलन्द गर्दै अघि बढिरहेकाले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको बताएका हुन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टी दक्षिणपन्थी भासमा नभासिएको र क्रान्तिकारी सोचका साथअघि बढेको बताए। ‘पूर्वमेचीदेखि महाकालीसम्म आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ,’ उनले भने, ‘सात प्रदेशमध्ये दुई प्रदेशमा हाम्रै पार्टी नेतृत्वको सरकार छ। प्रदेश २ मा पनि हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली छौं। यो कुरा सबैलाई थाहा छ।’ 

अध्यक्ष नेपालले एमालेभन्दा आफ्नो पार्टी शक्तिशाली रहेको दाबी गर्दै आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने विश्वास व्यक्त गरे। यही मङ्सिर १५ गतेबाट पार्टीले स्टिकर वितरण गर्दै जनताको घरघरमा पुग्ने अभियान चलाउन लागेको बताउँदै उनले पार्टीलाई शक्तिशाली बनाउने गरी जनताको घरमा पुग्ने अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।
 

प्रकाशित मिति: १५:४५ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्