माछापुच्छ्रे बैंकको तीन अर्बको ऋणपत्र विक्री
काठमाडौं, भदौ ४ : माछापुच्छ्रे बैंकको सबै ऋणपत्र बिक्री भएको छ। बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो। साउन ६ गतेदेखि निष्काशन गरेको अन....

काठमाडौं, भदौ ४ : माछापुच्छ्रे बैंकको सबै ऋणपत्र बिक्री भएको छ। बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो। साउन ६ गतेदेखि निष्काशन गरेको अन्तिम दिन मंगलबारसम्म सबै बिक्री भएको हो।
बैंकले तीन अर्बको ४० प्रतिशत सर्वसाधारणको लागि निष्काशन गरेको थियो। सबै ऋणपत्र दोस्रो चरणमा बिक्री भएको हो। प्रति इकाइ एक हजार रुपैयाँ दरमा सर्वसाधारणको लागि १२ लाख कित्ता निष्कासन गरिएको थियो।
ऋणपत्रको ब्याज दर १०.२५ प्रतिशत कायम गरिएको थियो। यसलाई ‘माछापुच्छ्रे डिबेन्चर २०८५’ नाम दिइएको छ। सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताको लागि आवदेन दिन पाउने ब्यवस्था गरिएको थियो।
प्रकाशित मिति: १३:०७ बजे, बुधबार, भदौ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
