Kathmandu Press

कांग्रेस काठमाडौं–१ को सभापतिमा राणा

काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को सभापतिमा रवीन्द्रविक्रम राणा विजयी भएका छन्। पार्टीको १४औं महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनले राणालाई...
कांग्रेस काठमाडौं–१ को सभापतिमा राणा

काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को सभापतिमा रवीन्द्रविक्रम राणा विजयी भएका छन्। पार्टीको १४औं महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनले राणालाई सर्वसम्मत सभापति निर्वाचित गराएको हो। 

सभापतिबाहेक अन्य पदमा निर्वाचन भएको कांग्रेस काठमाडौं–१ का नेता सुरजचन्द्र लामिछानेले जानकारी दिए। निर्वाचनबाट सचिवमा रिकेश महर्जन र उमेश तिमल्सेना, सहसचिवमा प्रमोद पौडेल र सुदिपमान डंगोल विजयी भएका छन्। 

महाधिवेशन प्रतिनिधि खुलातर्फ सुरजचन्द्र लामिछाने, दीपेन्द्र श्रेष्ठ, प्रवल थापा, कुश ढकाल, लीलेन्द्रप्रसाद प्रधान, राजेन्द्र गुरुङ, मोहनकुमार राई, हीरालाल तण्डुकार, डा सुरज काफ्ले र आदर्शविक्रम कार्की निर्वाचित भएका छन्।
 
महिला खुलातर्फ इन्दु थापा, कल्याणी रिजाल, शान्ता ढकाल र रेणु भट्टराई, खस आर्य महिलातर्फ अम्बिका सुवेदी र भगवती खड्का, जनजातितर्र्फ शम्भु तामाङ, अर्जुन राना र रवि सिंह, दलितमा कुवेर रम्तेल, अल्पसङ्ख्यकमा कुल सुनुवार र मधेसी महिला सम्झना उप्रेती रैनियार विजयी भएका छन्। 

प्रकाशित मिति: १५:२२ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्