भेनेजुएलामा शान्तिपूर्ण निर्वाचन भएको संयुक्त राष्ट्रसंघको भनाइ
संयुक्त राष्ट्रसंघ, मंसिर ८ : संयुक्त राष्ट्रसंघले भेनेजुएलामा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ। संयुक्त राष्ट्रसंघले यहाँको क्षेत्रीय र नगरपालिका निर्वाचन...
संयुक्त राष्ट्रसंघ, मंसिर ८ : संयुक्त राष्ट्रसंघले भेनेजुएलामा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ। संयुक्त राष्ट्रसंघले यहाँको क्षेत्रीय र नगरपालिका निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आफ्नो अनुगमनबाट देखिएको बताएको हो।
संयुक्त राष्ट्रसंघका महासचिवको प्रेस कार्यालयले सो कुरा जनाएको हो। मंगलबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसंघका महासचिवको प्रेस कार्यालयले यहाँको निर्वाचन आयोग र निर्वाचनका अधिकारीहरुले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताएको छ।
सो विज्ञप्तिमा निर्वाचनका क्रममा भएका केही हिंसाका घटनाहरुका बारेमा पनि जानकारी आएको भन्दै तर ती सबै घटनाको छानबीन यहाँको सरकार र संयुक्त राष्ट्रसंघले गर्ने पनि बताइएको छ।
साथै उक्त विज्ञप्तिमा यहाँका सबै खालका हिंसा तथा विवादहरु पनि अब यो निर्वाचनमार्फत् समाधान हुने अपेक्षा पनि गरिएको बताइएको छ।











