Kathmandu Press

चीनद्वारा इराकका सबै पक्षलाई सरकार निर्माणमा सघाउन आग्रह

संयुक्त राष्ट्रसंघ, मंसिर ८ : इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका लागि चिनियाँ सहायक...
चीनद्वारा इराकका सबै पक्षलाई सरकार निर्माणमा सघाउन आग्रह

संयुक्त राष्ट्रसंघ, मंसिर ८ : इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका लागि चिनियाँ सहायक स्थायी प्रतिनिधि चेङ सुआङले सो धारणा राखेका हुन्।

उनले इराकले सम्पन्न गरेको आमनिर्वाचनप्रति पनि खुसी व्यक्त गरेका थिए। उनले इराकले शान्तिपूर्ण रुपमा र आम सहभागितामा गरेको निर्वाचन प्रशंसनीय रहेको उनले बताए।

Hardik ivf

इराकमा हिंसा मच्चाइरहेका सबै पक्षले अब सरकार निर्माणमा सहयोग गर्ने र आफूहरु पनि सरकारमा जाने वातावरणका लागि लाग्नुपर्ने उनले बताएका थिए। उनले भनेका छन्, ‘हामी इराकका सबै पक्षलाई आफ्ना कुराहरु शान्तिपूर्ण रुपमा राख्न, आफ्ना मागहरु आफूहरु नै सरकारमा गएर पूरा गर्न र सबै प्रकारका मागहरु शान्तिपूर्ण रुपमा र वार्ताका माध्यमबाट पूरा गर्ने वातावरण बनाउन माग गर्दछौं।

साथै उनले यही नोभेम्बर ७ मा इराकका प्रधानमन्त्रीमाथि भएको हिंसात्मक हमलाको पनि निन्दा गरेका छन्। यसरी गरिने हिंसा र आतंकका घटनाहरुबाट कसैको पनि माग पूरा नहुने र यस्तो बाटो कसैले पनि अवलम्बन गर्न नहुने पनि उनले बताएका छन्।

प्रकाशित मिति: १४:१६ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्