Kathmandu Press

न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छ : प्रचण्ड

धनगढी, मंसिर ८ : माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन्। आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी...
न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छ : प्रचण्ड

धनगढी, मंसिर ८ : माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन्। 

आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको बताएका हुन्। 

प्रचण्डले न्यायालयले निकास दिन नसकेमा सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक कदम चालिने बताए। ‘न्यायालयमा अहिले जुन समस्या देखिएको छ। त्यो सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौं।’

प्रचण्डले सरकार सञ्चालनमा सहयोग पुर्‍याउन गठित पाँच दलीय समन्वय समिति सरकारलाई निर्देशन गर्न नभइ पार्टीबीचको आपसी समझदारी, सहमति र आउन सक्ने समस्याको समाधान खोज्न बनाइएको स्पष्ट पार्दै अहिलेको गठबन्धनले चुनावसम्म निरन्तरता पाउने दाबी गरे। उनले भने, ‘‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावामा पनि मिलेरै जाने कुरा छ, गठबन्धनका बारेमा फैलाइएको भ्रम अन्त्य भएको छ।’ 
 
अध्यक्ष दाहालले अमेरिकाले दिने ऋण सहयोग र अनुदान सहयोग नलिने भन्ने नीति नेपालको नरहेको उल्लेख गर्दै आफूले अमेरिकी विदेशमन्त्रीसँगको भेटमा एमसिसी परियोजनाको ओरिजनल सहमतिको विषयमा कुरा गरेको र सो विषयमा उठेको प्रश्नको सही जवाफ चाहिएको बताए। 

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले अहिले नै सरकार यताउता गर्ने भन्ने कुरा नभएको बताए। उनले आज कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: १३:११ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्