Kathmandu Press

चितवनका तीन निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व

चितवन, मंसिर ८ : नेपाली कांग्रेसको १४औं महाधिवशेनअन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ। क्षेत्र नं १ मा किरणभूषण ओली,...
चितवनका तीन निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व

चितवन, मंसिर ८ : नेपाली कांग्रेसको १४औं महाधिवशेनअन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ। क्षेत्र नं १ मा किरणभूषण ओली, २ मा भरत लामिछाने र ३ मा लालबहादुर दवाडी निर्वाचित भएका छन्। 

यही मङ्सिर ६ गते भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र मतदानपछि मंगलबार साँझ सम्पन्न मत गणनाले तीनै क्षेत्रमा नयाँ नेतृत्व निर्वाचित गरेको हो। क्षेत्र नं १ मा ओलीले ४९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी इन्द्रकमल बुढाथोकीले ४२३ मत प्राप्त गरे।

यस्तै क्षेत्र २ मा लामिछानेले ५०३ मत प्राप्त गर्दा अर्का उम्मेद्वार लक्ष्मण गुरुङ्ले ४४५ मत प्राप्त गरे। यस्तै क्षेत्र ३ मा दवाडीले २९८ मतका साथ विजयी भएको हो। उनको प्रतिस्पर्धी दामोदर न्यौपाने, अमृतबहादुर बानियाँ, जगन्नाथ कँडेल र देवेन्द्रप्रकाश क्षेत्रीलाई पछि पार्दै उनी सभापतिमा निर्वाचित भएका हुन्। 

अधिवेशनका क्रममा जिल्ला शीर्ष नेतृत्वको पराजय भएको छ। पूर्वमन्त्रीदेखि मन्त्रीका निजी सचिवसम्म महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नुपरेको छ। पराजय हुनेमा पूर्व सभापति एवं जलस्रोतमन्त्री नारायण शर्मा, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, प्रदेशसभा सदस्य गीता वाग्ले, पूर्व सांसद जगन्नाथ पौडेल, गृहमन्त्री बालकृष्ण खाँडका निजी सचिव नरेन्द्र केसी महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नुपरेको छ। 

महाधिवेशन प्रतिनिधिमा क्षेत्र १ बाट गीता देवकोटा, नीता ढकाल, शशी महतो, सावित्री बोगटी (पाठक), उत्तम आचार्य, कुमार कार्की, प्रा.डा. तीर्थराज खनिया, दिवाकर अर्याल, प्रदीप बस्नेत, वासुदेव ढुङ्गाना, भेषराज दुवाडी, राजुप्रसाद सिलवाल, राजेन्द्रप्रसाद बुर्लाकोटी, शरदकुमार बर्तौला निर्वाचित भएका छन्। 

त्यसैगरी शशी रानाभाट, सरस्वती पौडेल, नेमराज शर्मा पौडेल, सरोज कुँवर, कमलादेवी श्रेष्ठ, जयन्द्रकुमार श्रेष्ठ, धनबहादुर गुरुङ्, शेरबहादुर परियार, चन्द्रकुमारी चौधरी, चन्द्रविक्रम चौधरी, महेश रोनियार विजयी भएका छन्। 

क्षेत्र २ बाट गीताकुमारी गुरुङ, मीनाकुमारी खरेल, निरु कार्की, बिनु रायमाझी पौडेल, डा इश्वरी लौडारी, उत्तम जोशी, केशव महर्जन, जीतनारायण श्रेष्ठ, टङ्कनाथ पौडेल, देवेन्द्र गुरुङ्, प्रकाश अधिकारी, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, राजेश्वर खनाल, कमला पौडेल, पार्वती शाह, ऋषि खनाल, रामशरण कुँवर, इन्द्रमायाँ लामा, गौरीकुमारी श्रेष्ठ निर्वाचित भएका छन्। 

सोही क्षेत्रबाट रामकुमार श्रेष्ठ, सरोज गुरुङ, शान्ति परियार, डा. फणिन्द्रकुमार चौधरी र नरजङग प्रजा निर्वाचित भएका छन्।

क्षेत्र ३ मा महाधिवेशन प्रतिनिधिमा अञ्जनी श्रेष्ठ, गीता गुरुङ, शारदा गुरुङ, सविता बराल, उमेश श्रेष्ठ, कैलाश कोइराला, चन्द्रध्वज गुरुङ, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, भरत गुरुङ, रामकृष्ण घिमिरे, विजय शर्मा भुसाल, शङ्करप्रसाद कँडेल, डा सूर्यकान्त घिमिरे, कमला रानाभाट, सरिता केसी, केदारनाथ कोइराला, बलराम पौडेल, सम्भुबहादुर भण्डारी, सूर्यबहादुर बस्नेत, तारा गुरुङ्, कर्णबहादुर गुरुङ, बेलवबहादुर गुरुङ, विष्णुमाया परियार, साजनकुमार महतो, कृष्णबहादुर भुजेल निर्वाचित भएका छन्।

महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमिति निर्वाचन यही मङ्सिर ११ गते हुँदैछ।

प्रकाशित मिति: १२:२४ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्