Kathmandu Press

सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा बने महामन्त्री खड्का

सुर्खेत, मंसिर ८ : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का सुर्खेत १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । १४औं महाधिवेशनका मंगलबार भएको निर्वाचनमा...
सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा बने महामन्त्री खड्का

सुर्खेत, मंसिर ८ : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का सुर्खेत १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । १४औं महाधिवेशनका मंगलबार भएको निर्वाचनमा खड्काले ८७४ मध्ये७३६ मत प्राप्त गरे।

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए ।

त्यस्तै उक्त क्षेत्रबाट झकबहादुर डाँगीको प्यानल नै विजयी भएको छ। सभापतिमा झकबहादुर डाँगीले ७१९ मत ल्याएर विजयी हुँदा बलबहादुर वलीले १०३ मत मात्रै ल्याएका थिए । त्यस्तै सचिवमा मोहन राना ७२० र पदमबहादुर खत्री ७१७ तथा सहसचिवमा प्रेमसिंह ठकुरी ६८४ र यामलाल पंगाली ६८७ मत प्राप्त गरी विजयी भए।

यस्तै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्कासँगै उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, लक्ष्मीदत्त पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी बैगार, उदे कामीलगायत निर्वाचित भएका छन् ।

प्रकाशित मिति: ११:३४ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्