Kathmandu Press

कांग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः मतदान हुँदै

टाेडी, मंसिर ८ : नेपाली कांगे्रसको १४औं महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । मङ्गलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१...
कांग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः मतदान हुँदै

टाेडी, मंसिर ८ : नेपाली कांगे्रसको १४औं महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । मङ्गलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।

जिल्ला सभापतिका लागि भूमिराज बडु र नरेन्द्रबहादुर सिंह प्रतिस्पर्धामा छन्। निर्वाचन समितिका अनुसार मंगलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए । निर्वाचनमा नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए बढी मत प्राप्त गर्ने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ ।

जिल्लामा कूल एक हजार एक सय सात मतदाता छन् ।

प्रकाशित मिति: ११:२१ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्