कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी
बैतडी, मंसिर ८ : नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन्।आज बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्द ३२० मतान्तरले विजयी भएका...
बैतडी, मंसिर ८ : नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन्।
आज बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्द ३२० मतान्तरले विजयी भएका हुन्। सभापतिमा चन्दले ८०९ मत पाए भने उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत पाएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए। चन्द नेपाल क्रिकेट संघका अध्यक्ष हुन्।
यस्तै उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी भएका छन्। दोस्रो उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी छन्।
त्यस्तै, उपसभापतिमा चन्द प्यानलका रमेशदत्त पाण्डे (६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित भएका छन्।
सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भएका छन्। सचिवमा पराजित भट्ट प्यानलका रमेशसिंह भण्डारीले ५९५ र कर्णबहादुर बोहराले ५२९ मत पाए।
सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन्। भट्ट प्यानलका घनश्याम भट्टले ५३० र रमेश कोलीले ५७४ मत पाएका छन्।
एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन्। जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकामा एक हजार ३४८ मत खसेको थियो।











