रसुवामा सुमो दुर्घटना, सात यात्रु घाइते

रसुवा, मंसिर ८ : रसुवाको पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा यात्रुबाहक टाटा सुमो दुर्घटना भएको छ।
दुर्घटनामा सात जना घाइते भएका छन्। उनीहरुमध्ये पाँच जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार सुमोले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन जना पैदल यात्रीलाई ठक्कर दिएको थियो। त्यसपछि राजमार्गबाट ५० मिटर तल खसेको थियो।
सामान्य घाइते दुई जनाको रसुवा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पताल लगिएको छ।
प्रकाशित मिति: ०७:५९ बजे, बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











