Kathmandu Press

रसुवामा जिप दुर्घटना हुँदा सात घाइते

रसुवा, मंसिर ७ : पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा  आज साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन्। जिपले गोसाइँकुण्ड...
रसुवामा जिप दुर्घटना हुँदा सात घाइते

रसुवा, मंसिर ७ : पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा  आज साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन्। जिपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सामान्य घाइतेमध्ये दुई जना रसुवा जिल्ला अस्पताल र गम्भीररूपमा घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा पठाएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: २०:०१ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्