सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी : गृहमन्त्री खाण
काठमाडौं, मंसिर ७ : गृहमन्त्री बालकृष्ण खाणले नेपालको सीमा क्षेत्रमाबसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं...काठमाडौं, मंसिर ७ : गृहमन्त्री बालकृष्ण खाणले नेपालको सीमा क्षेत्रमाबसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन् ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५ मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पुजाआजा पछि नेपाली कांग्रेसका नेता/कार्यकर्तासँगको भेटघाटमा गृहमन्त्री खाणले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएको बताए । नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाणको भनाइ थियो ।
यस्तै आजै रुपन्देहीको मर्चवारमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खाणले हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिकमलसम्बन्धी समस्या छिटो समाधान गर्ने प्रतिबद्धता पनि जनाए । रुपन्देहीको मर्चवारमाभएको कार्यकर्ता भेटघाटमा गृहमन्त्री खाणले रासायनिक मल छिटोभन्दा छिटो उपलब्ध गराउने बताए ।
गृहमन्त्री खाणले सरकारले कृषि र शिक्षालाई बढावा दिने गरी काम गरिरहेको जानकारी गराउँदै भने, ‘हामीले रासायनिकमलआयातमा देखिएको समस्या समाधानको प्रयास गरिरहेका छौँ,’ ।











