Kathmandu Press

श्रीलंकामा डुंगा पल्टिँदा ६ जनाको मृत्यु ११ जना घाइते

कोलम्बो, मंसिर ७ : पूर्वी श्रीलंकामा मङ्गलबार बिहान डुंगा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना घाइते...
श्रीलंकामा डुंगा पल्टिँदा ६ जनाको मृत्यु ११ जना घाइते

कोलम्बो, मंसिर ७ : पूर्वी श्रीलंकामा मङ्गलबार बिहान डुंगा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।
 
प्रहरीका अनुसार किन्निया, त्रिन्कोमालीमा पल्टिएको डुंगामा धेरै विद्यालयका बालबालिका सवार थिए। नौसेना र गोताखोरहरू तत्काल खोजी र उद्धार कार्यमा संलग्न भएका थिए। 

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई  बताएअनुसार त्यस क्षेत्रमा ठूलो भीड जम्मा भएको थियो र केही स्थानीय स्वयंसेवकहरूले पनि बेपत्ता व्यक्तिहरूको खोजीमा नौसेनालाई सहयोग गरिरहेका थिए। बेपत्ताको सूचीमा केही विद्यालयका बालबालिका पनि छन्। घाइते ११ जनालाई नजिकैको राज्य अस्पतालमा भर्ना गरिएको छ। अत्यधिक यात्रु चापका कारण डुंगा पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी  गरेर थप अनुसन्धान गरेको छ।

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, मंसिर ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्