शिक्षकले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति : प्रचण्ड
काठमाडौं, मंसिर ७ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने माग गरेका छन् ।मंगलबार पार्टी निकट एकीकृत...
काठमाडौं, मंसिर ७ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने माग गरेका छन् ।
मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको दाबी गर्दै यस्तो माग गरेका हुन् ।
उनले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइनेमा ढुक्क हुन आग्रह गरे। प्रचण्डले शिक्षकहरूले राजनीति गरे मात्रै सामाजिक र राजनीतिक रूपान्तरणको महान् अभियानमा देशलाई लैजान सकिने बताए।
उनले एमाले अध्यक्ष केपी ओली मधेशी जनताको आत्मसम्मान र पहिचान विरोधी खलनायक भएको आरोप पनि लगाए। आजै मात्र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको थियो ।











