गण्डकी प्रदेशका मन्त्रीद्धय थापा र खड्का महाधिवेशन प्रतिनिधि चयन
काठमाडौं, मंसिर ७ : गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्...
काठमाडौं, मंसिर ७ : गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
थापा कास्की–२ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरेर विजयी भएका हुन् । उनले खसेको ४९५ मतमा ३६१ मत पाएका थिए । दोस्रोमा देवराज चालिसेले ३२३ मत प्राप्त गरे ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्का २८८ मत ल्याएर तेस्रो स्थानमा निर्वाचित भए ।
प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











