Kathmandu Press

थपिए ३५१ संक्रमित, निको हुने २७३ जना, ९ को मृत्यु

काठमाडौं, मंसिर ७ : पछिल्लो २४ घन्टामा देशभरिमा ३५१ जना कोरोना संक्रमित थपिएका छन्।८,७२९ जनामा गरिएको पिसिआर परीक्षणबाट ३१३ र १,४४५ जनामा गरिएको एन्टिजेन...
थपिए ३५१ संक्रमित, निको हुने २७३ जना, ९ को मृत्यु

काठमाडौं, मंसिर ७ : पछिल्लो २४ घन्टामा देशभरिमा ३५१ जना कोरोना संक्रमित थपिएका छन्।

८,७२९ जनामा गरिएको पिसिआर परीक्षणबाट ३१३ र १,४४५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,००,८९० पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५०९ पुगेको छ।

अहिले देशभरिमा ७,३०० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ६,८६९ जना होम आइसोलेसनमा र ४३१ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी २२३ जनाको आईसियुमा उपचार भइरहँदा ५१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३० बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्