निष्कासित व्यक्तिहरूको गुट भएकाले एकीकृत समाजवादीलाई महाधिवेशनमा बोलाएनाैं : ओली
काठमाडाैं, मंसिर ७ : एमाले अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) लाई पार्टीको मान्यता दिन नसकिने भएकाले महाधिवेशनमा नबोलाएको बताएका छन्।उनले मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा...
काठमाडाैं, मंसिर ७ : एमाले अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) लाई पार्टीको मान्यता दिन नसकिने भएकाले महाधिवेशनमा नबोलाएको बताएका छन्।
उनले मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई महाधिवेशनमा किन बोलाइएन भनेर गरिएको प्रश्नको जवाफ दिँदै उनले त्यस्तो बताएका हुन्।
‘माधव नेपाललाई र माधव नेपालले नेतृत्व गरेको निष्कासित व्यक्तिहरूको गुटलाई एमाले पार्टी भनेर मान्न सक्ने स्थिति रहेन,’ उनलेले भने, ‘पार्टी नै होइन भने पार्टी भनेर निम्ता गर्ने कुरै भएन।’
एमालेको १०औं राष्ट्रिय महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदै छ। सो महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न दललाई अतिथिका रूपमा निम्ता गरिए पनि एकीकृत समाजवादीलाई भने बोलाइएको छैन।
पार्टीलाई मात्र अतिथिका रूपमा बोलाइएकाले नेता नेपाललाई व्यक्तिगत रूपमा पनि निमन्त्रणा नदिइएको उनले स्पष्ट पारे।











