Kathmandu Press

पर्यटकको बसाइ लम्बाउन पैदलमार्ग अवश्यक : मन्त्री बराल

पाेखरा, मंसिर ७ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरामा पर्यटकको बसाइ लम्ब्याउन फेवाताल किनारमा पैदलमार्ग आवश्यक भएको बताएका छन्। अनदु गुरुङ समाजले पोखरा महानगरपालिका–२२तालपारीस्थित...
पर्यटकको बसाइ लम्बाउन पैदलमार्ग अवश्यक : मन्त्री बराल

पाेखरा, मंसिर ७ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरामा पर्यटकको बसाइ लम्ब्याउन फेवाताल किनारमा पैदलमार्ग आवश्यक भएको बताएका छन्। 

अनदु गुरुङ समाजले पोखरा महानगरपालिका–२२तालपारीस्थित अनदुमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले  प्रत्येक पर्यटकको बसाइ अवधि लम्ब्याउन फेवातालको किनार क्षेत्रमा पैदलमार्ग निर्माण गर्न आवश्यक भएको बताएका हुन्।

फेवातालबाट नजिक भएर पनि यहाँको माथिल्लो तथा तल्लो क्षेत्रका बासिन्दा अझै पनि विकासमा पछि परेकाले ताल वरपरकोे विकाससँगै पर्यटकीय गतिविधि सञ्चालन हुनुपर्नेमा मन्त्री बरालले जोड दिए।

ऐतिहासिक तथा पुरात्तात्विक वस्तु संरक्षण गर्न र  आफ्नो थातथलो नछाड्न आग्रह गर्दै उनले भने, ‘सडक, गोरेटो बाटोलगायत पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकारको प्राथमिकतामा रहनेछ।’

वडाध्यक्ष मित्रलाल बरालले कोरोनाले गर्दा अनदु क्षेत्रमा बजेट व्यवस्थापन गर्न नसकिएको बताउँदै अबका दिन फेवातालको ३० देखि ३५ मिटरको मापदण्ड कायम गर्न आग्रह गरे।

माओवादी केन्द्र वडा  इन्चार्ज त्रिभुवन पौडेल, वडाकमिटी अध्यक्ष नवराज बराल अनदु टोल विकास संस्थाका अध्यक्ष दीपेन्द्र गुरूङ, सदस्य मात्रिकाप्रसाद बरालले अनदुमा बाटो पहिलो आवश्यकताको विषय भएको सामूहिक धारणा व्यक्त गरेका थिए। 

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्