Kathmandu Press

काठमाडौं-८ कांग्रेस सभापतिमा राजेश श्रेष्ठ निर्वाचित

काठमाडौं, मंसिर ७ : नेपाली कांग्रेस काठमाडौं–८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित भएका छन्। सोमबार सम्पन्न अधिवेशनको मंगलबार मतगणना सकिएको थियो।श्रेष्ठ ११९ मत प्राप्त...
काठमाडौं-८ कांग्रेस सभापतिमा राजेश श्रेष्ठ निर्वाचित

काठमाडौं, मंसिर ७ : नेपाली कांग्रेस काठमाडौं–८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित भएका छन्। सोमबार सम्पन्न अधिवेशनको मंगलबार मतगणना सकिएको थियो।

श्रेष्ठ ११९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी तेविन्द्र शाक्यले ४९ मत प्राप्त गरे। यस्तै, सो क्षेत्रको सचिवमा पुष्करराज पाण्डे र शङ्कर पुडासैनी, सहसचिवमा राज्यराज वन्त र उज्वल पनेरु विजयी भएका छन्।

यस्तै, महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ किरणकृष्ण जोशी, विजयगोपाल श्रेष्ठ, केदार मानन्धर, देवरत्न डङ्गोल, बुद्धिमान बलामी, रवीन्द्रलाल श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मीनारायण मानन्धर, रोमन श्रेष्ठ र धर्मरत्न पाछे विजयी भएका छन्।

महाधिवेशन प्रतिनिधि खस आर्य पुरुषतर्फ राजुराज जोशी, मोहनबहादुर बस्नेत र गोविन्द पाण्डे, महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ सपना राजभण्डारी जोशी, राज्यलक्ष्मी श्रेष्ठ, सरिता श्रेष्ठ र लक्ष्मी पाण्डे निर्वाचित भएका छन्। 

आदिवासी जनजाति महिलातर्फ छोरी डंगोल र कृष्णा अमात्य, दलित प्रतिनिधिमा महेश नेपाली निर्वाचित भए। यसअघि अपांगता कोटामा विष्णुलाल श्रेष्ठ, खस आर्य महिला शोभा जोशी, जनजाती पुरुष सुदर्शनमान सिंह, मुस्लिम हरुण रसिद मुस्लिम, खस आर्य महिला अलिना बस्नेत र जनजाति पुरुषमा प्रचण्डदेव मानन्धर निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्