Kathmandu Press

भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर मलाई चुनौती होइन, सम्मान दिनुभएको हो : ओली

काठमाडौं, मंसिर ७ : नेकपा एमालेको दसौं महाधिवेशन यही  मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ। पार्टीको मूल नेतृत्व चयनका लागि हुने सो...
भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर मलाई चुनौती होइन, सम्मान दिनुभएको हो : ओली

काठमाडौं, मंसिर ७ : नेकपा एमालेको दसौं महाधिवेशन यही  मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ। पार्टीको मूल नेतृत्व चयनका लागि हुने सो महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीले उम्मेदवारी दिने निश्चित छ। 

तर आज राजधानीमा आयोजित सम्पादकहरुसँगको अन्तर्क्रियामा भने उनले आफू अध्यक्षको उम्मेदवार बन्ने कि नबन्ने भनेर टुंगो लागिनसकेको बताएका छन्। उनले आफू अध्यक्षमा उठिहाले पनि अरुलाई उठ्नमा रोक नलगाउने बरु त्यसरी चुनौती दिनेलाई सम्मान र स्वागत गर्ने स्पष्ट पारे।

आसन्न महाधिवेशनमा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका भीम रावलजीले आफूलाई चुनौती दिएको नभएर आदरसम्मान गरेको भनेर उनले कटाक्षसमेत गरे। ‘उहाँले मलाई चुनौती दिनुभएको होइन,मानसम्मान गर्नुभएको हो,’ उनले भने, ‘तपाईंलाई थकाइ लाग्यो होला, म उठ्छु भन्नुभएको हो।’ 

एमालेमा आन्तरिक लोककतन्त्रको अभाव हुँदै गएको विश्लेषण हुन थालेका बेला ओलीले लोकतान्त्रिक पार्टी भएकाले आफ्नो पार्टीले उम्मेदवारीको सन्दर्भमा कुनै प्रकारको दबाब नदिने स्पष्ट पारे।

एमालेबाट विभाजित भई अर्को पार्टी खुलिसकेको अवस्थामा पार्टी एकजुट रहेको सन्देश दिन माथिदेखि तलसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बेला महाधिवेशनमा त्यो सम्भव नहुने संकेत देखिन थालेको छ।

सीमित पदाधिकारी रहेको  अवस्थामा असीमित आकांक्षी देखिएपछि सर्वसम्मत नेतृत्व निर्माणमा एमालेलाई निकै  सकस पर्ने  देखिएको छ।   

प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्