Kathmandu Press

अमेरिकाले भन्यो– जर्मनी र डेनमार्कको यात्रा नगर्नू 

वासिङ्टन, मंसिर ७ : युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ। यी दुवै देशमा...
अमेरिकाले भन्यो– जर्मनी र डेनमार्कको यात्रा नगर्नू 

वासिङ्टन, मंसिर ७ : युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ। यी दुवै देशमा कोभिड–१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ। 

सिडिसिले यी दुई युरोपेली देशहरूमा यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ। जसलाई ‘लेभल फोर’ सूचनाका रूपमा जारी गरिएको छ। यात्रा नै गर्नुपर्ने  भए जोकोहीले पहिले पूर्ण रूपमा खोप लगाउएको हुनपर्ने जनाइएको छ।

सिडिसीले हाल विश्वभरका ७५ गन्तव्य स्तर चारमा सूचीबद्ध गरेको छ, जसमा विगत २८ दिनमा प्रति १०,००,००० बासिन्दामा ५०० भन्दा बढी सङ्क्रमण देखिएका छन्। 

प्रकाशित मिति: १४:४० बजे, मंगलबार, मंसिर ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्