रुकुमका लागि उडेको विमान नेपालगन्जमा अवतरण गराउने पाइलट शेर्पालाई सोधियो स्पष्टीकरण
काठमाडौं, मंसिर ७ : पर्यटन मन्त्रालयले काठमाडौंबाट रूकुमका लागि उडेको विमान नेपालगन्जमा अवतरण गराउने पाइलट पेम्बा शेर्पालाई स्पष्टीकरण सोधेको छ। पाइलट शेर्पाले सोमबार दिउँसो...
काठमाडौं, मंसिर ७ : पर्यटन मन्त्रालयले काठमाडौंबाट रूकुमका लागि उडेको विमान नेपालगन्जमा अवतरण गराउने पाइलट पेम्बा शेर्पालाई स्पष्टीकरण सोधेको छ।
पाइलट शेर्पाले सोमबार दिउँसो ३ बजे त्रिभुवन विमानस्थलबाट रूकुमको चौरजहारी विमानस्थलतर्फ उडेको नेपाल वायुसेवा निगमको ट्विनअटर विमान गन्तव्यमा नपुग्दै आफ्नो ड्युटी सकिएको भनेर नेपालगन्जमा अवतरण गराएर यात्रुलाई अलपत्र पारेकाे बताइएकाे छ। क्याप्टेन शेर्पाको ड्युटी दिउँसो ४ बजेसम्मका लागि तोकिएको थियो।
पयर्टन मन्त्रालय स्रोतका अनुसार रुकुम पुग्नुपर्ने आठजना यात्रुलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएपछि निगमले नै उनीहरूलाई खानेबस्नेलगायत सबै बन्दोबस्त मिलाएको थियो।
मन्त्रालयका अनुसार यो घटनालगत्तै पाइलटबाट गैरजिम्मेवार काम किन भयो भनी निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई छानबिन गर्न निर्देशन दिइएको थियो। ती यfत्रुलाई मंगलबार बिहान सोही विमानले रूकुम पुर्याएको बताइएको छ।
सोमबार त्यो ट्वीनअटर बिहान साढे ६ बजे नै उड्ने तालिका थियो। मौसममा देखिएको खराबकीलगायत अन्य विविध कारणले विमान उडाउन नसकिएपछि क्याप्टेन शेर्पा घर गएका थिए। तर उनलाई निगमले उनलाई बोलाएर रुकुमका लागि विमान उडाएको स्रोतको भनाइ छ।











