Kathmandu Press

प्रधानमन्त्री देउवा र इयु प्रबन्ध निर्देशक पाम्पालोनबीच भेटवार्ता

काठमाडौं, मंसिर ७ : प्रधानमन्त्री शेरबहादुर देउवा र युरोपियन युनियन (इयु) की प्रबन्ध निर्देशक पाओला पाम्पालोनबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री देउवालाई भेट्न उनीसहितको युरोपियन युनियनको...
प्रधानमन्त्री देउवा र इयु प्रबन्ध निर्देशक पाम्पालोनबीच भेटवार्ता

काठमाडौं, मंसिर ७ : प्रधानमन्त्री शेरबहादुर देउवा र युरोपियन युनियन (इयु) की प्रबन्ध निर्देशक पाओला पाम्पालोनबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री देउवालाई भेट्न उनीसहितको युरोपियन युनियन डेलिगेसन आज बालुवाटार पुगेको थियो।

युरोपियन एक्स्टर्नल एक्सन सर्भिसको एसिया प्यासिफिक विभागकी निमित्त प्रबन्ध निर्देशकसमेत रहेकी पाम्पालोनी र प्रधानमन्त्री  देउवाबीच नेपाल–इयु सहकार्य, व्यापार, हवाई सुरक्षा, जलवायु परिवर्तनलगायत महत्वपूर्ण विषयमा छलफल भएको थियो।

महिलाविरुद्धको हिंसा अन्त्य गर्ने अभियानअन्तर्गतको कार्यक्रममा सहभागिता जनाउने सन्दर्भमा उनी केही समयदेखि नेपालमै छिन्।

प्रकाशित मिति: १३:४६ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्