Kathmandu Press

एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेम्वाङकाे तयारी

काठमाडौं, मंसिर ७ : एमालेको आसन्न दसौं महाधिवेशनमा सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।महाधविेशन हुन तीन दिन मात्र बाँकी रहँदा...
एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेम्वाङकाे तयारी

काठमाडौं, मंसिर ७ : एमालेको आसन्न दसौं महाधिवेशनमा सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

महाधविेशन हुन तीन दिन मात्र बाँकी रहँदा स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङउनले वरिष्ठ उपाध्यक्ष उम्मेदवारी दिन आफूनिकट नेताहरुसँग छलफल अघि बढाएको बताइएको छ।

उनीनिकट नेताहरूबाट पनि उनका लागि सोही पद उपयुक्त हुने सुझाव आएको स्रोतले जनाएको छ।

एमाले अध्यक्ष केपी ओलीले भरसक सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताए पनि आकांक्षीहरू भने बढिरहेका छन्। गत असोजमा सम्पन्न विधान महाधिवेशनले एमाले केन्द्रीय कमिटीमा पदाधिकारी १५ जना हुने टुंगो लगाएको छ। तर दिनानुदिन आकांक्षी बढ्दै गएपछि पदाधिकारी व्यवस्थापनमा कढिनाइ हुने देखिएको छ।  

नेता भीम रावलले उम्मेदवारी दिने घोषणा गरेसँगै अध्यक्ष पद पनि सर्वसम्मत नहुने स्थिति सिर्जना भएको छ। अर्थात्, उमाले महाधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसक्ने र  निर्वाचन नै हुने संकेत देखिन थालेको छ।

हाल पार्टी महासचिव रहेृका ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो दाबी रहेको बताइसकेका छन्।

प्रकाशित मिति: १३:०२ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्