कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवारी
सुर्खेत, मंसिर ७ : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि कार्यकर्ताबाट अनुमोदित हुन भन्दै उम्मेदवारी दिएका छन्।कांग्रेस विधानमा...
सुर्खेत, मंसिर ७ : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि कार्यकर्ताबाट अनुमोदित हुन भन्दै उम्मेदवारी दिएका छन्।
कांग्रेस विधानमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ।
उनले गृहजिल्ला सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।
निर्वाचन क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधिमा पठाउनुपर्नेमा खड्कासहित ३६ जनाको उम्मेदवारी परेको छ।
उनी लामो समयदेखि प्रतिनिधिसभामा सोही क्षेत्रबाट चुनाव लड्दै आएका छन्।
नेपाली कांग्रसको १४औं महाधिवेशनअन्तर्गत आज सुर्खेतमा क्षेत्रीय कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन भइरहेको छ।
प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











