Kathmandu Press

सुनको मूल्यमा १६ सय रूपैयाँ गिरावट

काठमाडौं, मंसिर ७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँ तोकिएको छ।अघिल्लो दिन प्रतितोला रु. ९३ हजार...
सुनको मूल्यमा १६ सय रूपैयाँ गिरावट

काठमाडौं, मंसिर ७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँ तोकिएको छ।

अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ५५ तोकिएको महासंघले जनाएको छ।्

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८ सय ८ डलर आसपासमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्